स्कुल बस दुर्घटना हुँदा सहचालकको मृत्यु, ५ विद्यार्थी घाइते

९ माघ, विराटनगर । मोरङको रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान रंगेलीबाट विद्यार्थी लिएर आउँदै लर्डबुद्ध हाइयर सेकेण्डरी स्कुलको बस धनपालथान गाउँपालिका–६ मा दुर्घटना हुँदा सहचालक विराटनगर–१५ का ३२ वर्षका सानुकुमार साहको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घाइते धनपालथान–७ कि २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ कि २० वर्षीय सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ कि १९ वर्षीय लुना गौतमको उपचार भइरहेको छ ।
बस र चालक विराटनगर–१७ का ३४ वर्षीय खिलबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।