साझा यातायातलाई दिएको ३ अर्ब सरकारले ब्याजसहित फिर्ता लिने
सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।
यही माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझाले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै पहिले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।