गैडाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु




गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट १० पितौजीमा पूर्वबाट पश्चिम जाँदै गरेको ना २ ख ९२६४ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रबार विहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५÷४० बर्षको पुरुषको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
प्रहरीका अनुसार उनको अझै सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...