टिप्परकाे ठक्करबाट गैडाकाेटमा रुपन्देहीका एक जनाकाे मृत्यु




गैडाकाेट। पूर्वी नवलपरासीकाे गैडाकाेटमा गएराति टिप्परकाे ठक्करबाट एक जनाकाे निधन भएकाे छ ।

गैडाकाेट ८ माैलाकालिका हाेटेल अगाडि ना १ क ८३३० नम्बरकाे टिप्परले विपरित दिशाबाट आउँदै गरेकाे बा ६७ प ७८८२ नम्बरकाे माेटरसाईकललाई ठक्कर दिंदा माेटरसाईकल चालक रूपन्देहीकाे बुटवल सितलनगर बस्ने ३५ बर्षीय भुवन केसीकाे निधन भएकाे हाे ।
ठक्करबाट गम्भीर घाईते केसीकाे उपचारकाे क्रममा राति जिल्ला अस्पताल तितवनमा निधन भएकाे हाे ।
दुर्घटनामा परी माेटरसाईकलमा गैडाकाेट ५ निवासी २६ बर्षीय शशी कपुर केसी घाईते भएका छन्।
उनकाे नयाँ मेडिकल कलेज चितवनमा उपचार भई रहेकाे छ । ठक्कर दिने टिप्पर र टिप्पर चालक प्रहरीकाे नियन्त्रणमा रहेकाे छ ।



सम्बन्धित
Loading...