अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्।
आइतवार दिउँसो ३ बजेदेखि बसिरहेको प्रतिनिधसभाको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।