आस्थालाई लगियाे सीडीओ कार्यालय, आजै छोड्ने प्रहरी तयारी


गायिका आस्था राउतलाई प्रहरीले आजै छोड्ने तयारी गरेको छ ।



सोमबार बिहान पक्राउ परेकी आस्थालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

एक साताअघि त्रिभुवन विमनस्थलहुँदै भद्रपुर जाने क्रममा त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको अभियोगमा उनी पक्राउ परेकी हुन् ।




जिल्ला प्रशासन कार्यालयले आस्थालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । त्रिभुवन विमानस्थलमा भएको विवादको विषयलाई लिएर आस्थाले आफ्नो फेसबुक लाइभमार्फत प्रहरीलाई गाली गरेकाे भिडियाे सार्वजनिक भएको थियो ।

आस्था र प्रहरी जवानबीचको विवादको साे भिडियोसमेत सार्वजनिक भएको थियो ।



सम्बन्धित
Loading...