सीमा अतिक्रमण र एमसीसी विरुद्धको मुद्दामा ९ दल एक ठाउँमा
काठमाडौं । भारतीय पक्षले कालापानी लगायतको क्षेत्रमा गरेको सीमा अतिक्रमण र एमसीसी विरुद्ध नौ राजनीतिक दलका एक ठाउँमा उभिएका छन् ।
सोमबार सुदुर पश्चिमको प्रदेश स्तरीय वैठकमा ति पार्टीहरु एक ठाउँमा उभिएर माघ २४ गते संयुक्त रुपमा विरोध सभा गर्ने निर्णय समेत गरेको छ ।
वैठकमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माले, नेकपा माओवादी केन्द्र, जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय जागरण परिषद एक ठाउँमा उभिएको हो ।
वैठकले आगामी दिनमा भारतीय पक्षले गरेको सीमा अतिक्रमण र एमसीसी विरुद्ध संयुक्त रुपमा आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।
