फरार भए ठगीको आरोपीत कोटिहोम महायज्ञका प्रमुख बाचक बालयोगेश्वर




१३ माघ । ठगी गरेको उजुरीका चाङ वढ्दै जान थालेपछि र संचारमाध्यमहरुले निरन्तर ठगीका प्रमाण सहित समाचार प्रसारण गर्न थालेपछि चितवनको नारायणी नदि किनारमा जारी कोटिहोम महायज्ञका प्रमुख बाचक रहेका बालयोगेश्वर उर्फ विजय भण्डारी फरार भएका छन । उनी ठगी गर्ने व्यक्ति भएको समाचार सार्वजनिक भएपछि महायज्ञ नै विवादमा परेको थियोे । उद्घाटन गर्न अघिल्लो दिन चितवन आउनुभएका उपराष्ट्रपति नै कार्यक्रमस्थल नपुग्दै काठमाण्डौ फर्किएका थिए।

प्रमुख वाचक रहेका स्वामी बालयोगेश्वरलाइ महायज्ञ आयोजक संस्थाले नै प्रवचनमा रोक लगाएपछि उनि फरार भएको बुझिएको छ । महायज्ञ आयोजकले भोलि नै नयाँ गुरु ल्याई कार्यक्रमलाई निरन्तरता दिने तयारी थालेको छ ।



सम्बन्धित
Loading...