अग्नि सापकोटाविरुद्धको रिटमा सुनुवाइ आज




प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा हिजो बहस नसकिएकाले सुनुवाइ आजलाई सरेको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले दिनभर बहस भए पनि नसकिएकाले सोमबार सुनुवाइ नभएको जानकारी दिए ।
सभामुखको हैसियतमा सापकोटालाई काम नगर्नरनगराउन आदेश माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा रिट हालेका थिए ।




नवनिर्वाचित सभामुख सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ ।

 

सभामुख अग्नि सापकोटा: अदालतमा ‘छैन अभियोग’, त्रस्त प्रहरी



सम्बन्धित
Loading...