प्रधानमन्त्रीले भने – एमसीसी पारित गर्नुपर्नेछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानको मर्मअनुसार कार्यान्वयन र कानुनसम्मत र मर्यादित ढंगले संसद अघि बढाउन सफलतापूर्वक मिल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘संसदमा थुप्रै काम बाँकी छ त्यो मध्ये एमसीसी पारित पनि गनुपर्नेछ। जसको सम्बन्धमा सविस्तार पछि भन्नेछु।’
थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने भन्दै उनले अघि भने, धेरै अगाडि देखि विभिन्न चरण पार गर्दै आएको, ६/७ जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारित गर्नुछ ।’