सहिदको सन्देश (कविता) भिडियो सहित




  • सदानन्द अभागी – 

आदरणीय जनसमुदाय
हृदयदेखि नै अभिवादन
सुस्वास्थ्य दीर्घायूको कामना
हामीलाई आज खुसी र उदेक
दुवै लागेको छ
खुसी यस अर्थमा
तपाईहरु सहिद दिवस मनाउन
हाम्रा सालिक अघिल्तिर उभिनु भएको छ
उदेक यस अर्थमा
हाम्रा त्याग बलिदान
हाम्रा सन्तानको विचल्लिले मात्र हैन
हामी चाहान्थेम् देशमा आमुल परिवर्तन
गाँस, बास र कपासको आपूर्ति
आर्थिक, सामाजिक, धार्मिक
राजनीतिक अवस्थामा सुधार
शिक्षा, स्वास्थ्यमा जनताको सुलभता
भोग, रोक, शोक, हत्या, हिंसा, चेलीबेटी बेचविखत
बलात्कार, चोरी, ठगी, गुण्डागर्दी
भ्रष्टचार सबै खाले विकृति र विसंगतिको अन्त्य




प्रिय जनसमुदाय,
यो गणतन्त्र कहाँ सजिलेरी आयो र
हाम्रो बलिदानले मात्र हैन
प्रत्येक नेपालको त्याग थियो
त्यो त्यागको कष्टदायी जीवन,
ऋाज पनि बल्झिरहेको छ,
न कोही सुन्नेवाला छ
न कोही आहातमा कसैले राहत पाउने वाला छ
हामीले सोचेको र चाहेको गणतन्त्र
आज भाषणमा मात्र सीमित भयो
हाम्रो रगतमा पौडी खेल्ने वालाहरु नै
उच्च आसनमा विराजमान छन्
देख दुःखी रहेछ
दक्षिणको विस्तारवादले
सीमामा पलाएको अतिक्रमण
लिम्पियाधुरा, कालापानी, लिपुलेक
सुस्तामा देखिएको बलात्कार
ध्र्म र संस्कृतिमा आएको अतिक्रमण
देशमा देखिएको विदेशी प्रभाव
आदिआदिले देश दुःखी रहेछ

प्रिय जनसमुदाय
आज देशका युवाहरु पलायन छन्,
वृद्धिवृद्धाले आँगन कुरेका छन्
धनसम्पत्ति कोहीले कमाउँछन्
कोहीको लास काठको बाकसमा आउँछ
उतै बस्न पाउनेहरु उतै बस्छन्
देशलाई जनशक्तिको खाँचो छ
खेतबारीहरु बाँझिदै छन्
कृषि प्रधान देशमा
उत्पादनको निर्यात हैन
सबैसबै चीज आयात छन्
धनी र गरिब बीचको खाडल
दिनदिनै गहिरिंदो छ
हरियो वन नेपालको धन
यो आज उखान बनेको छ
जलस्रोतको धनी देश
तर पानीको अभावमा
बाली सुकिरहेका छन्
यी सबै घटना हामी
हाम्रै सालिकबाट हेरिरहेका छौं
यावत घटनाले छाती दुःखेको छ
नयन रसाएका छन्
विकृति र विसंगतिका कुरा
कति भन्दै जानु
तर एउटा सन्देश भन्नै पर्छ
संसारमा सबैभन्दा
सुन्दर देश नेपाल
सगरमाथाको उचाई जस्तै
हर क्षेत्रमा अग्रगामी बन्दै
हर विभेदलाई समाप्त पार्दै
नेपालीको वीरगाथालाई
एकताको सुत्रमा बाँधिएर
स्वपूर्णतामा पुग्दाको दिनमा मात्र
हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ
हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ
– सहिद दिवसमा कावासोतीमा वाचन गरिएको कविता    

https://www.youtube.com/watch?v=vx5HfT590R8

 

 



सम्बन्धित
Loading...