गजल
नौटंकी बारबार , तमासा देखाउनेको
थिएन कमी, नाङ्गिने र नङ्ग्याउनेको
काँधमा बोकी, उठाएको थियो माथि
बगलीमा रहेछ छुरा, धुरी चढाउनेको
काँडा टिपेर कसैले, पठाएछ उपहार
नियतमा नै देखियो खोट,पठाउनेको
थुनिएको छ आफै, चार दिवार भित्र
सोचेन सायद कहिले दिवार लगाउने
सरोज उजाड
गजल मञ्च नवलपुर
