चितवनमा सालको काठसहित एक जना पक्राउ




चितवन, चैत २३– चितवनमा सालको काठसहित एक जनालाई पक्राउ गरेको छ ।

पूर्वीचितवनको कालिका नगरपालिका–६ का सन्तविर पाख्रिनलाई शनिबार दिउँसो काठसहित पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टाँडीको टोलीले विभिन्न साइजमा ६७.१५ क्यु फिट काठसहित पाख्रिनलाई पक्राउ गरेको हो ।




अवैध रुपमा सालको काठ राखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको घर पछाडि रहेको गोठ जस्तो देखिने गोदममा लुकाएको सालको काठ बरामद भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
प्रहरीले सन्तविर र बरामद काठ आवश्यक कारबाहीका लागि चितवनको डिभिजन वन कार्यालयमा बुझाएको छ ।

 



सम्बन्धित
Loading...