‘कमसल’ राहत बारे छानविन समिति

नवलपरासी २९ चैत्र – पश्चिम नवलपरासीको रामग्राम नगरले गुणस्तरहीन खाद्य सामाग्री बितरण गरेको भन्दै नगरपालिकाको गेटमा विपन्न परिवारले राहत समान ल्याएर फ्याकेको बिषयमा चौतर्फी आलोचना पछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले छानविन समिति गठन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ५ सदस्यीय गुणस्तर र नाप तौल गर्न समिति गठन गरेको हो । राहतबारे चौतफि आलोचना आएपछि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रशासकीय अधिकृत सागर गौतमको संयोजकत्वमा समिति गठन गरेको जनाइएको छ ।
रामग्राम नगरपालिकाले बाढ्याे राहातकाे नाममा कुहिएकाे चामल
समितिमा घरेलु तथा साना उद्योगका प्रमुख, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधि रहेको बताइएको छ । त्यस्तै समितिले शुक्रबार नै गुणस्तर र नाप तौल गर्न खाद्यन्न सामाग्री नाप तौल तथा गुणस्तर कार्यालय भैरहवा पठाएको छ ।