लोकगायक समिर रामदामको पहिलो सौगात “झल्को दिन दिन” बोलको लोकगीत सार्वजनिक – भिडियाे सहित
लोक तथा दोहोरी गायक समिर रामदाम र गायिका माया गुरूङको स्वरमा रहेको “झल्को दिन दिन” बोलको गीत सार्वजनिक भएको छ । पोखरामा लामो समयदेखि लोकगीत क्षेत्रमा संघर्ष गरिरहेका रामदामले उक्त “झल्को दिन दिन” बोलको गीत आफ्नो पहिलो सौगात स्वरूप दर्शकमाझ बजारमा ल्याएका हुन् ।
सुवास अम्गाई र पुष्पा दाहालको शब्द र रामजी पौडेलको संगित रहेको गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो ।
https://youtu.be/HaOgxCU41p0
तारानाथ आचार्यले संयोजन गरेको गीतमा विशाल रायमाझी र युनिसा गुरूङको अभिनय रहेको छ । राजकुमार फिल्मस् प्रा लिद्वारा दृश्य निर्माण गरिएको गीत गायक रामदाम स्वयंले सम्पादन गरेका हुन् ।
सागर गौतमद्वारा छायाङ्कन गरिएको गीत राजकुमार मगरले निर्देशन गरेका हुन् । ट्रयाजेटी थिममा तयार गरिएको गीतको भिडियो राजकुमार फिल्मसको अफिसियल यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको गायक रामदामले जानकारी दिएका छन् ।