काेराेना: बुझ्नै गाह्रो पो भो (कविता)
- नानी बिवु –
बुझ्नै गाह्रो पो भो
कोरोना कोभिड यो
विज्ञानको हो की
प्रकृतिको खेल हो ?
धर्मसंस्कृतिवादी भन्छन्
शिव पुराणमा पहिल्यै लेखिएको थियो ।
बिज्ञानवादीहरू भन्छन्
यो त १९६० मै अमेरिकाले बनाएको हो ।
बुझ्नै गाह्रो पो भो
कोरोना कोभिड यो
विज्ञानको हो की
प्रकृतिको खेल हो ?
खै बुझेका शिवपुराण धेरैले पढेकै हुन्
भएको भए त्यो श्लोक पहिल्यै किन पढेनन्।
१९६० मै बनेको हो भाईरस थाहा थियो भने
आज सम्म भ्यक्सिन औषधि किन बनेनन् ?
बुझ्नै गाह्रो पो भो
कोरोना कोभिड यो
विज्ञानको हो की
प्रकृतिको खेल हो ?
न त कुनै शाश्त्रीय प्रमाण छ आधार छ अति भो
कसले के भन्छ कसले के भन्छ भ्रमको खेती कति हो।
बुझ्नै गाह्रो पो भो
कोरोना कोभिड यो
विज्ञानको हो की
प्रकृतिको खेल हो ?
सारा दुनिया भेडो भो न त सत्य तथ्य बुझेका छ
जसले जे भन्छ हल्लाकै भरमा उतै कुँदेको छ ।
बुझ्नै गाह्रो पो भो
कोरोना कोभिड यो
विज्ञानको हो की
प्रकृतिको खेल हो ?
– दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर ।
