सरकार कहाँ छ? – गद्य कविता
✍️ प्रितम भुजेल (अभागी) –
जनता सोध्छन् ….
सरकार कहॉं छ ?
केन्द्रमा छ कि !प्रदेशमा ?
होईन होईन …!
सरकार त स्थानिय तहमा छ ।
कस्ले मान्छ!
सरकार छ भनेर?
अरे !छ न त छ नि
सरकार नभएको
कहॉं हो र !
खोजन अवश्य भेटिएला
के कपिमा छ?
अझै भन
संविधानमा छ
सांच्चै भनुम
सिंहदरवारमा त पक्कै छ
होइन —छैन
सरकार नभए को त कहॉं होर
लाजै नमानी भनुम
डन माफिया र भ्रष्टाचारी को
बगलीमा छ।
मन्त्री ,प्रधानमंत्री र
आसेपासेका
बोलिमा छ ..
तेहिभएर
जनता सोध्छन् ….
सरकार कहॉं छ?
जनता का दुखले
सगरमाथा नाघ्यो
कर र महंगी ले
समुन्द्र ढाक्यो
नवयुगका जवान ले
सारा प्रदेश ढाक्यो
देस हांक्ने युवाले
सारा खांडी ढाक्यो
वृद्धा बावु आमाको
ऑंसुले पहाड पखेरा ढाक्यो
बाकसमा आएको छोराको
लासले रोहेर ऑंखा
अनि आकास थाक्यो
चुपचाप मन्दिरका
मूर्तिहरु झै
बेखवर यो सरकार
कान भएरै बहिरो
कान छ सुन्दैन
आँखा भएरै अन्दो
आँखा छ देख्दैन
देखोस् पनि कसरी
सरकार न परो
हजारौं प्रदेशी
युवा सोध्छन
सरकार कंहा छ ?
सरकार नभएको
कहां हो र !
खोज कि सत्ता मा छ
नभए भत्तामा छ
प्रितम भुजेल ????अभागी ????
नवलपरासी
