कलाकार एजाज खान पक्राउ




कलाकार एजाज खानलाई पक्राउ गरिएको छ । फेसबुक लाइभमा आपत्तीजनक टिप्पणी गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।

एजाज यसअगाडि पनि कैयौ पटक कुटपिटको आरोप पक्राउ परिसकेका छन् । उनलाई मुम्बइको प्रहरीले पक्राउ गरेको हो ।




उनले फेसबुक लाइभमा भनेका थिए–‘यदि एउटा सानो झिंगा मर्दा पनि मुसलमानलाई नै जिम्मेवार मानिन्छ । ठूलो हात्ती मर्दा पनि मुसलमान नै जिम्मेवार हुन्छन् । दिल्लीमा भूँइचालो आउँदा होस् या कुनै घटना हुँदा नै किन नहोस्, मुसलमानलाई नै आरोप लगाइन्छ । तर, तपाइले कहिले सोच्नु भएको छ, यस्ता घटनाको पछाडि को जिम्मेवार छ ?’

एजाजले फेसबुक लाइभमा केही दिन अगाडि जम्मा भएको भीड राजनीतिक दलका कारण भएको आरोप लगाएका छन् । एजाज खान चर्चित रियालिटी शो ‘बीग बोस’मा सहभागी भएपछि चर्चामा थिए ।



सम्बन्धित
Loading...