करिश्माको सहयोग


नायिका करिश्मा मानन्धरले आफ्नो घर वरिपरी डेरा गरी बस्ने र समस्या भएका मानिसहरुको लागि सहयोगको हात अगाडि बढाएकी छिन् ।



उनले, सामाजिक संजालमा स्टाटस लेख्दै केही समस्या भएको खण्डमा गोदावरी भिलेज स्टूडियो अर्थात मानन्धर निवासमा सम्पर्क गर्न अनुरोध गरेकी छिन् ।




करिश्माले सबैलाई आफ्नो नजिकका परिवार, छिमेकीहरुलाई सहयोग गर्न पनि अपिल गरेकी छिन् । उनले, कतिपय मानिसहरु उनको स्टाटस हेरेर सातदोबाटोबाट गोदावरीसम्म हिडेर पुगेको पनि उल्लेख गरेकी छिन् ।

नायिका करिश्मा मानन्धरले सामाजिक संजालमा केही नयाँ सुन्द तस्वीरहरु पनि पोष्ट गरेकी छिन् । तस्वीर पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘फोटो त हाल्न परिहाल्यो, नत्र बिर्सिएला’ ।



सम्बन्धित
Loading...