कावासोतीको क्वारेन्टाइनबाट फरार ३ जना भेटिए



नवलपरासी, १० बैशाख । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार ३ जनालाई बुधबार नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको छ ।
शनिबार भारतबाट आएका एक जना र उनीसँगै अधिक घुलमिल गरेको ३ जनालाई सोमबार साँझ कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो ।



३ दिन अघि भारतबाट आएका सहित कावासोतीको क्वारेन्टाइनमा रहेको ३ जना फरार

क्वारेन्टाइनमा राखिएको २४ घण्टा नवित्दै उनीहरु फरार भएका थिए ।
क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार सहित ३ जनालाई बुधबार विहान ३ बजे उनकै घरबाट नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको कावासोती १ का वडा अध्यक्ष नारायण पन्तले बताए ।
प्रहरी, जनप्रतिनिधि लगायतको सक्रियतामा उनीहरुको खोजि गरिएको थियो ।




सम्बन्धित समाचार

पश्चिम नवलपरासीमा एकमा कोरोना र्यापिड टेष्ट पोजेटिभ, पिसिआर परीक्षणका लागि भैरहवा पठाईयो

नवलपुरका ४ सय ९८ आरडीटी र ४५ स्वाव परीक्षण, सबै नेगेटिभ



सम्बन्धित
Loading...