कोरोना – कविता




  • प्रितम भुजेल (अभागी) –

लौन ! उहाने चिनको
यो कस्तो कोरोना
कति सस्तो कोरोना
न आउछु भनेर आयो
न जा भन्दा नै जान्छ
न किन्न नै पर्ने
न त चिन्न नै पर्ने
न चिन्दा त
यती भयानक छ
यो कोरना
चिने पछि के होला !
मेरो देसको
सरकार जस्तै
छोयो कि स्वा:…..
ऑंखाहरु छन्
देखिदैन
कानहरु छन्
सुनिदैन
नाकहरु छन्
थाहा पाउदैन
सिंहदरबारका
राजाहरु जस्तै
मन त छ नि …तर
आभाष पाइदैन
सत्ताले मत्त
भत्ताले लठ्ठ
सरकारका मन्छेहरु झैं
नतमस्तक फैलिरहेको छ
यो कोरोना
न लाज नै मान्छ
न अप्ठेरो नै मान्छ
कति निर्वाध
दौडिरहेको छ
यो कोरोना
न बुढो भन्छ
नत तन्देरि नै
न बालक भन्छ
न त सुत्केरी नै
वास उ छानी—छानी
फैली रहेछ
देस देखी प्रदेस सम्म
प्रदेस देखी मेरो
देस सम्म
यती बेला
मूर्तीहरु पनि
मुस्कुराउन थाले
पहाड पाखा र
पखेराहरु पनि
सुस्केरा हाल्न थाले
भुलेर गएका
छोराहरु पनि
गॉंउ फर्कन थाले
बेचेका हल गोरु फेरी
खरिद हुन थाले
मकैं ,भटमास ।
गहत, मस्याम
पेडालु ,तरुल
र सिल्टुम
कोदो गहु र फापर
फेरी खोजी हुन थाले
ओहो !यो कस्तो कोरोना
निष्ठुरेलाइ घर सम्झाइदिने
संक्रमितलाइ
घर बाहिर पठाइदिने
भ्रष्टाचारी लाइ
धनि बनाइदिने
गरिवलाइ
झन गरिव बनाइदिने
ओ..हो यो कस्तो कोरोना




– अध्यक्ष, नवलपरासी साहित्य समाज,  नवलपरासी



सम्बन्धित
Loading...