किसानलाई क्षतिपूर्ति दिन समाजवादी पार्टीको माग
- रामकरण हरिजन
परासी । मंगलवार साँझ एक्कासी आएको असिना पानी र हवाहुरीले गर्दा पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिकामा रहेका तरकारी खेतीमा नोक्सान पुगेपछि किसानहरुको लागि उचित राहत उपल्वध गराउन समाजवादी पार्टी पाल्ही नन्दन गाउँपालिकाले माग गरेको छ ।
बुधबार समाजवादी पार्टीले पाल्ही नन्दन गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
पाल्हीनन्दन गाउँपालिकामा रहेका गरिब विपन्न परिवारका किसानहरुको तरकारी वाली पूर्ण रुपमा नष्ट भएकोले स्थानीय सरकारले किसानहरुको क्षति भएको बालीको क्षति विवरण संकलन गरी उचित क्षतिपूर्ति दिन माग गरेको हो ।

