नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० स्थगित




काठमाडौं । चौथो संस्करणको ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ स्थगित भएको छ ।

नेपाल अमेरिका फिल्म सोसाइटीले जुन २६ देखि २८ सम्म अमेरिकाको म्यारिल्याण्डमा आयोजना गर्न लागेको उक्त महोत्सव कोरोनाको कारण स्थगित गरेको हो ।




कोरोनाको कहर दिन प्रतिदिन विश्वव्यापी बढ्दो रहेकोले पनि महोत्सव स्थगित गरिएको नेपाल अमेरिका फिल्म सोसाइटीले जनाएको छ । महोत्सव स्थगित भएपनि केहि भर्चुअल कार्यक्रमहरू भने आयोजना हुने आयोजकको भनाइ रहेको छ ।

कोरोनाको स्थिति सामान्य भएपछि महोत्सव पुन आयोजना गरिने आयोजकले जनाएको छ ।



सम्बन्धित
Loading...