गजल
- सरोज उजाड –
हारेर पनि सधैँ ऊ मुस्कुराइ रह्यो
यसर्थ कसैको हौसला बढाइ रह्यो
लिनेले सायद लिएको देखिएन
बारबार कोही फूल पठाइ रह्यो
जित्छु भन्थ्यो घृणालाई प्यारले
जलेको मुटु, ओठले लुकाइ रह्यो
भेटिए छुटेका ती बादलका टुक्रा
यसर्थ ऊ मन झरीमा रुझाइ रह्यो
आए, बिसाए र गए मुसाफिर
चौतारीझैँ उसमा यै पर्खाइ रह्यो
गजल मञ्च नवलपुर
