गजल
- प्रितम भुजेल (अभागी) –
सुस्ता खायो छिमेकीले हेर्छौ अझै कति
सारिदैछ सांद किल्ला फेर्छौ अझै कति
चौध सय हेक्टर खायो खान्छ अझै पाए
सिङ्गो राष्ट्र टुक्रिदैछ टेर्छौ अझै कति
राष्ट्र भक्त बोक वन्दुक बस सिमा कुर्न
फाल्छ पर्खाल कांडे तार बेर्छौ अझै कति
आफ्नै देशमा शरणार्थी हुनु पर्ने हो की
विस्तारवादी नाध्यो सिमा घेर्छौ अझै कति
सिङ्गो राष्ट्र फुटाएर टुक्रा टुक्रा पारी
अपूर्ण त्यो देशको नक्सा केर्छौ अझै कति
नत्र हेर धिक्कार्ने छ ईतिहासले भोलि
रुदै हिड्ने सडकमा ती भेट्छौ अझै कति
सुस्ता खायो छिमेकीले हेर्छौ अझै कति
सारिदैछ सांद किल्ला फेर्छौ अझै कति
– नवलपरासी
