नेपालमा कुन कुन जिल्लामा कति कति जना पुगे कोरोना संक्रमित




विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नेपालमा पनि तीव्र बन्दैछ । शुक्रबारसम्मको विवरणमा २७६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।




मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर बन्दाबन्दी घोषणा गरेको पनि ५४ दिन भैसकेको छ । यो बीचमा जम्मा ८७ हजार व्यक्तिको नमूना परीक्षण गरिएको छ ।

शुक्रबार रातिसम्मको विवरण यसप्रकार छः

पर्साः ९१ जना

कपिलवस्तुः ४२ जना

बाँकेः ३३ जना

रुपन्देहीः २८ जना

उदयपुरः ३३ जना

काठमाडौंः ९ जना

धनुषा, कैलालीः ४ जना

चितवन, रौतहट, बारा, दाङः ३/३ जना

सर्लाही, बर्दिया, बाग्लुङ, झापा, महोत्तरी, भक्तपुरः २/२ जना

धादिङ, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, पूर्वी नवलपरासी, मकवानपुर, सिरहाः १/१ जना

शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमूना परीक्षण गरिएको छ भने आरडिटीबाट ६३ हजार ८५ जनाको परीक्षण गरिएको छ ।

देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त रहेको छ । देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् ।



सम्बन्धित
Loading...