कोरोना त्रासः नवलपुर छिर्ने यातायातलाई अनिवार्य स्प्रे शुरु




नवलपरासी, ३ जेठ । पूर्वी नवलपरासी छिर्ने यातायातलाई अनिवार्य डिसिन्पेक्सन स्प्रे (रोगनिवारण स्प्रे) छर्न शुरु गरिएको छ ।

पूर्वी नवलपरासीको पूर्वी नाका गैडाकोट र पश्चिम नाकाको दुम्किबासको ज्यामिरेमा शुरु गरिएको हो ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणका अनुसार स्थानीय पालिकाको सहयोगमा प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लायन्स क्लब र स्वास्थ्य कार्यालयको सहकार्यमा यो कार्य शुरु गरिएको हो ।

रोगनिवारण स्प्रे पूर्वी नवलपरासी छिर्ने र पूर्वी नवलपरासीबाट बाहिरिने सबैलाई गरिने प्रहरीले जनाएको छ ।

शुक्रबार मात्रै नवलपुर प्रशासनले सूचना जारी गरी  नवलपुरबाट  बाहिर जिल्ला जान र बाहिर जिल्लाबाट नवलपुर आउने सबै पास बन्द

गरेको समेत जनाएको छ ।

 

 



सम्बन्धित
Loading...