नेपालमा काेराेना संक्रमित ९ जना थपिए, कुल संख्या ३०४ पुग्याे


काठमाडाैँ, ५ जेठ । नेपालमा काेराेना संक्रमित संख्या ३०४ पुगेकाे छ । साेमबार बिहान पुनः ९ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैँमा गरिएकाे परीक्षणमार्फत् ९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

नेपालमा अहिलेसम्म कोरोनाको कारण दुई जनाको निधन भएको छ भने ३६ जना उपचार पछि निको भएका छन्।






सम्बन्धित
Loading...