छुटेकाे भू-भागसहित नेपालकाे नयाँ नक्सा मन्त्रीपरिषदबाट पारित


 



सोमबार बसेको मन्त्रीपरिषदले नेपालका नयाँ नक्सा अध्यावधिक गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खटिवडाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै भूमिसुधार मन्त्रालयले प्रस्ताव गरेका नक्सा सरकारले पास गरेको बताए । नयाँ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ ।

नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी र्न सरकारलाई निर्देशन दिएको थियो । भारतले तिब्बतको मानसरोवरका लागि सडक बनाउन भन्दै  लिपुलेकको नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माणको लागि उदघाटन गरेको थियो ।




https://youtu.be/Bx8hENjEVCg

 

 



सम्बन्धित
Loading...