नेपालमा आज कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?


नेपालमा बुधवार (आज) थप ३२ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरु बाँके, धनकुटा, झापा,धरानमा कपिलवस्तु र नवलपरासी(पश्चिम)का रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने बाँकेमा मात्र आज ६ जनामा कोरोना संक्रमण देखिएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।

कपिलवस्तुमा आजमात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा पोजेटिभ पाइएका संक्रमितहरु कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै महाराजगञ्ज गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ३, ४ र ६ वर्षका बालबालिका रहेका छन् भने त्यहिँको क्वारेन्टाइनमा रहेका वर्ष १६, २५ र ३२ वर्षीया महिलाहरु रहेका छन् । त्यस्तै सोहि क्वारेन्टाइनमा रहेका १२, २०, २४ र ३४ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ ।




त्यस्तै धनकुटामा आज ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा २८, २९, ३५ र २७ वर्षीय पुरुषहरु तथा २४ वर्षीया महिला रहेकी छिन् । उनीहरु हाल धनकुटामा बस्दै आएको मन्त्रालयले जनाएको छ ।भरानमा पनि आज १ जनालाई कोरोना देखिएको छ । आज झापामा पनि ५ जनालाई कोरोना देखिएको ,धरानका १ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ।

त्यस्तै आजै नवलपरासी ९पश्चिम०मा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी (पश्चिम)मा स्थित सुस्ता गाउँपालिकाको बेलपानी क्वारेन्टाइनमा रहेका २४ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यसरी हालसम्म नेपालमा ४ सय ३४ जनामा संक्रमण फैलिएको  छ ।

हालसम्म नेपालमा ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आजै मात्र कोशी अञ्चल अस्पतालमा उपचाररत उदयपुरका ८ जना पुरुषहरु कोरोना उपचारपछि निको भएर घर गएको मन्त्रालयले जनाएको छ । नेपालमा २ जनाले कोरोनाको कारण ज्यान गुमाएका र १ जनाको अवस्था गम्भीर रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



सम्बन्धित
Loading...