थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८१० पुग्योे


नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



नयाँ संक्रमितमा प्रदेश २ को रौतहटका २९, बाराका ७ र सिरहाका २ जना रहेका छन् । नयाँ संक्रमितको कन्ट्याक ट्रेसिङ सुरू भइसकेको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय १० पुगेको छ । जसमध्ये १ सय ५५ जना निको हुँदा ४ संक्रमितको ज्यान गएको छ ।



सम्बन्धित
Loading...