गणतन्त्र दिवसमा आठ जनालाई कैद माफी
गणतन्त्र दिवसको अवसरमा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका एक बालबन्दीसहित ८ जनालाई कैदमाफी दिइएको छ ।
भीमफेदी कारागार कार्यालयले सिफारिस गरेका १५ जना मध्ये ८ जनालाई कैदमाफी दिइएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज कैदमाफीको निर्णय गरेकी हुन् ।
विभिन्न मुद्दामा दोषी ठहर भई बन्दी जीवनमा असल आचरण प्रस्तुत गरेका, ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका व्यक्तिको कैद माफीका लागि सरकारले सिफारिस गरेको हो ।
कैद माफी पाउनेमा हेटौँडा–१७ का रुपेश नेपाल, सर्लाहीका अब्बु मोहम्मद अन्सारी, नवलपुरका मानबहादुर महतो, बर्दियाका केशवबहादुर भुजेल, गुल्मीका नरबहादुर सार्की, काभ्रेका रोमन लामा र महोत्तरीका टंकबहादुर खड्का रहेको भीमफेदी कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिए ।
भीमफेदी कारागारमा अहिले ९६० जना कैदीबन्दी छन् ।