देवचुली नगरपालिकामा बुधबार फेरि १ जनामा काेराेना संक्रमण पुष्टि
एलिना केसी –
नवलपुरकाे देवचुली नगरपालिकामा बुधबार फेरि १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । देवचुली नगरपालिका वडा नं ४ बस्ने झक्रेका बर्ष ४० का पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे हाे । उनी जेठ १५ गते भारतबाट आएर देवचुलीमा रहेकाे नेपाल नमुना माध्यामिक बिद्यालयको क्वारेनटाईनमा बसेका थिए । अहिले उनलाई रजहर प्राकृतिक चिकित्सलयमा रहेकाे अाईसाेलेसन कक्षमा लैजाने तयारी भईरहेकाे देवचुली नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएकाे छ । देवचुलीमा काेराेना पाेजेटिभकाे संख्या ६ पुगेकाे छ भने एक जना संक्रमित महिला भने कोरोनामुक्त भैसकेकि छिन । याे सँगै नवलपुरमा संक्रमितको संख्या ३५ पुगेको छ भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १४५ पुगेको छ ।