कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, आज मात्रै थपिए ५ सय ३८ संक्रमित


नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै ५ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् ।



मन्त्रालयका अनुसार झापा, सप्तरी, सुनसरी, मोरङलगाएतका जिल्लामा संक्रमित थपिएका हुन् । नयाँ संक्रमति पुष्टि भएका मध्ये ९० महिला र ४४८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९५ जनाको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार २२४ पुगेको छ ।

 




नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २४ पुग्यो



सम्बन्धित
Loading...