बालुवाटार वार्ता : निस्किएन निकास, उही अडान दोहोरिएपछि भोलि पुनः छलफल हुने


सत्तारुढ नेकपा भित्र जारी विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको वार्ता सम्पन्न भएको छ ।



प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्ता आज पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

भोलि पुनः छलफल हुने गरी आजको वार्ता टुंग्याइएको हो । वार्तामा दुबै पक्षले आआफ्नो अडान दोहोर्याइएको बताइएको छ ।




प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुबै पद नछाड्ने अडान दोहोर्याउँदा अर्का अध्यक्ष प्रचण्डले अब हठले पार्टी नचल्ने प्रष्ट पार्नु भएको बताइएको छ ।

स्थायी कमिटीमा अल्पमतमा परिसकेको अवस्थालाई मध्यनजर गर्न पार्टीको बहुमतको भावनाको कदर गर्न ओलीलाई प्रचण्डले पुनः दबाब दिएको बताइए पनि ओलीले भने सरकारले पार्टी र देशको छवि राख्ने काम गर्दागर्दै समस्यामा पार्ने काम गरिएको भन्दै राजीनामा नदिने अडान राख्नु भएको बताइएको छ ।

वार्तामा दुवै अध्यक्षको तर्फबाट दुई/दुई नेताहरु साथै राखिएका थिए । प्रधानमन्त्री ओलीको तर्फबाट पार्टीका महासचिव विष्णु पौडेल र शंकर पोखरेल हुनुहुन्थ्यो भने प्रचण्डका तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।



सम्बन्धित
Loading...