नवलपुरमा शुक्रबार २८ जना संक्रमित थपिए, संक्रमितको संख्या ६ सय १० पुग्यो


नवलपरासी, २६ भदौ । पूर्वी नवलपरासीमा शुक्रबार २८ जना नयाँ संक्रमित थपिएका छन् ।
चितवनमा गरिएको परीक्षणमा दुई पटक गरी २ जना र ५ जनामा संक्रमण देखिएको हो भने पोखरामा गरिएको परीक्षणमा २१ जना गरी २८ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका अधिकांश समुदायका हुन् ।



https://www.youtube.com/watch?v=5URFo2Bb-ug&t=271s

नवलपुरमा शुक्रबार थपिएका २८ सहित नवलपुरमा संक्रमितको संख्या ६ सय १० जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
विहीबार मात्र नवलपुरमा ३३ जना निको भएर फर्किएका थिए ।
नवलपुरमा अहिलेसम्म ४ सय जना निको भएर फर्किएका छन् भने ३ जनाको कोरोनाको संक्रमणको कारण निधन भएको छ । नवलपुरमा अहिले २ सय ७ जना सक्रिय संक्रमित रहेका छन् ।




https://www.youtube.com/watch?v=5URFo2Bb-ug&t=271s



सम्बन्धित
Loading...