पूर्वपश्चिम लोकमार्गको दाउन्नेमा पहिरो खस्दा सडक अवरुद्ध
पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । १६ किलोमिटर सडक पर्ने दाउन्ने सडक पहाडी क्षेत्रमा पर्छ, सो क्षेत्रमा सानाठुला गरी ६ ठाउँमा पहिरो गएको जिल्ला प्रहरीकार्यलय पूर्वी नवलपरासीका डीएसपी मोहोन खाँडले बताए ।
https://www.youtube.com/watch?v=MtJ72x3NdpY
सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहीबार बिहानैदेखि राजमार्गमा रोकिएका छन् । दाउन्ने क्षेत्रको भूगोल अत्यन्त कमजोर रहेका कारण त्यहाँ हरेक वर्षातमा पहिरो खस्ने गर्दछ ।
