डिएसपी थापासहित चितवनमा ८ प्रहरीमा कोरोना


चितवन- चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो।



https://www.youtube.com/watch?v=WcY0-sXMr4I&t=1s

प्रहरी उपरीक्षक नान्तिराज गुरूङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए। कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए।




यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो। चितवनमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय नाघेको छ।



सम्बन्धित
Loading...