दशैँलाई चिनी एक सातामै आइपुग्ने
साल्ट ट्रेडिङ कर्पोरेसनले अबको एक सातामै नेपालमा चिनी आइपुग्ने जनाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि सरकारबाट प्राप्त गरेको कोटाको २० हजार मेट्रिक टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले अबको एक सातामा चिनी आइपुग्ने जनाएको हो ।
कर्पोरेसनका निर्देशक एवं प्रवक्ता व्रजेश झाले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट कर्पोरेसनले खरिद गर्ने चिनीको गुणस्तर ठीक भएको प्रमाणपत्र आइतबार साँझ आइसकेकाले अब केही अवरोध नभए सात÷आठ दिनभित्रै चिनी नेपाल आइपुग्ने जानकारी दिए ।
https://www.youtube.com/watch?v=WcY0-sXMr4I
गुणस्तरको प्रतिवेदन आउन ढिला हुँदा चिनी आउने समय पछि सरेको हो । अरू बेला अवस्थामा गुणस्तर परीक्षणका लागि नमुना पेस गरेको चार/पाँच दिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रमाणपत्र आउने गरेकामा यसपटक १० दिन लागेको उनले बताए ।
विदेशबाट खाद्यवस्तु खरिद गर्दा अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगशालामा नमुना परीक्षण गर्दा गुणस्तर ठीक भएको प्रमाणपत्र अनिवार्य रूपमा भन्सारमा बुझाउनुपर्ने नियम हुन्छ । सोहीबमोजिम नेपालमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालाले मात्रै यस प्रकारको प्रमाणपत्र दिनसक्छ ।