सुनको मूल्य आज पनि बढ्यो


सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।



त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ९० रुपैयाँ पुगेको छ । चादी हिजो प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्गले जनाएको छ ।



सम्बन्धित
Loading...