कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु


नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।



मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् ।




संक्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।



सम्बन्धित
Loading...