थ्रेसिङ’ मेसिनमा बेरिएर एक महिलाको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्र्नेे क्रममा धान ‘थ्रेसिङ’ मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ की ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो । ‘खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो ।
’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘ट्र्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।
’ उनका अनुसार इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानका