प्रदेश पाचको राजधानी दाङ र नाम लुम्विनी राख्न प्रस्ताव


बुटवल, १६ असोज । प्रदेश पाचको स्थायी राजधानी र नामाकरण सम्वन्धी प्रस्ताव आज शुक्रवार प्रदेश सभामा पेश गरेको छ । प्रदेश पाचमा प्रदेशको राजधानी र नामाकरणको विषय पेचिलो वनिरहेको अवस्थामा सरकारले आज प्रस्ताव राखेको हो ।



प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्विनी राख्न प्रस्ताव गरेका छन । मन्त्री केसीले प्रदेश सभा बैठकमा पेश गरेको प्रस्तावमा प्रदेशको राजधानी दाङ जिल्लाको राप्ती गाउपालिका, गडवा गाउपालिका र अर्घाखाची जिल्लाको सितगंगा नगरपालिकाले ओगटेको चर्चेको राप्ती नदी किनारको मैदाने भाग राप्ती उपत्याका देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकियोस भन्ने प्रस्ताव पेश गरेका छन ।

उनले प्रदेशको नाम शान्तिका अग्रदुत गौतम वुद्धको जन्म स्थल लुम्विनीका नामबाट प्रदेशको नाम लुम्विनी नामाकरण गरियोस भन्ने प्रस्ताव पेश गरेका छन ।

 




https://www.youtube.com/watch?v=Nmk0fFlcJcc&t=25s



सम्बन्धित
Loading...