नवलपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुग्यो


कावासोती । पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।
विनयी त्रिवेणी गाउँपालिका २, दुम्किबास बस्ने ३६ बर्षीय पुरुषको शनिबार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएसँगै नवलपुरमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको हो ।



https://www.youtube.com/watch?v=YQAUGRwpYkE&t=158s

उनलाई खोकी, श्वासप्रश्वासमा समस्याका साथै कलेजोमा समस्या देखिएपछि असोज १३ गतेदेखि भरतपुर अस्पतालमा उपचाररत रहेका थिए । उनको यस अघि मुटु र कलेजोको उपचार गराई रहेका थिए ।
अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य कर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै दुखद निधन भएको जनाएको छ ।



सम्बन्धित
Loading...