राष्ट्रिय स्वाधिनताको पक्षमा विप्लव विद्यार्थीको नवलपुरमा प्रदर्शन
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति, नवलपुरले गैंडाकोट नगरपालिकामा विद्यार्थी सहित विरोध प्रदर्शन गरेको छ।
राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्य सम्बन्धि समस्या तथा बलात्कार र हत्या बिरुद्दमा कालो ब्यानर सहित प्रदर्शन गरिएको स्रोतले जानकारी गराएको छ। प्रदर्शनमा अखिल (क्रान्तिकारी ) का जिल्ला संयोजक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी गैंडाकोट नगरपालिकाका इन्चार्जको समेत उपस्थिति रहेको थियो। दर्जनौं विद्यार्थी र नेता कार्यकर्ताको उपस्थितिमा भएको विरोध कार्यक्रम कोणसभामा परिणत भएको थियो।
https://www.youtube.com/watch?v=v0-lOWDtoZg
कोणसभामा नेपालको भूभाग र सिमा सम्बन्धि पुस्तक प्रकाशन नगर्न प्रधानमन्त्रीले दिएको अभिव्यक्ति, राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, बलात्कार सम्बन्धमा गृहमन्त्रीले दिएको अभिव्यक्ति, कोरोना महामारीको समयमा शिक्षा र स्वास्थ्यमा देखिएका समस्या लगायतका विषयमा वक्ताहरूले बोलेका थिए।
विप्लव नेतृत्वको नेकपा निकट भातृ संगठन अखिल (क्रान्तिकारी) , नवलपुरले एमसीसी, रुकुम हत्याकाण्ड, सामाजिक विकृति,विसंगति बिरुद्ध प्रदर्शन गरिसकेको छ भने रक्तदान कार्यक्रम समेत यस अघि सम्पन्न गरेको थियो।
