नवलपरासीमा छतबाट खसेर एक जनाको निधन




नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा छतबाट खसेर एक जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाराको अमलेखगञ्ज नगरपालिका ५ घर भई हाल नवलपरासीको गैडाकोट १ डेरा गरी बस्ने २८ बर्षका आदर्श ठाकुरको घरको छतबाट खसेर निधन भएको हो ।




ठाकुर गैडाकोट २ भिममार्ग स्थित दुर्गादत्त गौतमको बन्दै गरेको ३ तले घरको ट्रष्टमा काम गर्ने क्रममा अचानक पिल्लर ढली छतबाट भुईमा खस्न पुगेका थिए ।

सोमबार विहान घरको छतबाट खसेका ठाकुरको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको हो ।



सम्बन्धित
Loading...