आफ्नै हात्तीले कुचेर माउतेको निधन
कावासोती । नवलपरासीमा हात्तीले कुचेर एक जना माउतेको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको कावासोती नगरपालिका १२ मा रहेको आइसल्याण्ड जंगल रिसोर्टमा आफ्नै हात्तीले किचेर कावासोती १० निवासी ५६ बर्षीय लोकबहादुर खजुवार (माउते) को मृत्यु भएको हो ।
हात्तीलाई पानी खुवाउन लैजाने क्रममा हात्ती रिसोर्ट भित्रै पसेर आक्रमण गरेको हो । आक्रमणबाट गम्भीर घाइते माउते खजुवारको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा सोमबार दिउँसो निधन भएको हो ।
https://www.youtube.com/watch?v=v0-lOWDtoZg