गुल्मीमा छोराद्वारा बाबुको हत्या
गत राति गुल्मीको इस्मामा छोराको आक्रमणबाट बाबुको ज्यान गएको छ । इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ टोलका ६० वर्षीय दिलबहादुर बस्नेतलाई उनकै छोरा अनिल बद्नेतले धारिलो हतियारले आक्रमण गर्दा ज्यान गएको हो ।
मरणासन्न अवस्थामा रहेका उनलार्इ उपचारका लागि पाल्पा पठाइएको र त्यहाँबाट बुटवल पठाउने क्रममा गए राति नै मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए ।
https://www.youtube.com/watch?v=v0-lOWDtoZg&t=88s
आइतबार साँझ करिब ७ बजेको समयमा अन्दाजी २५ वर्षीय छोरा अनिलले मदिरा सेवन गरी विवाददका क्रममा बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । उनी रातिदेखि नै फरार रहेको र खोजि कार्य भइ रहेको डिएसपी पन्तले जानकारी दिए ।