नारायणीमा गैंडा मृत फेला
नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो ।
डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए ।
पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन् ।
https://www.youtube.com/watch?v=8Y_Tu_0JkNA&feature=youtu.be&fbclid=IwAR3ueCkbK_MbceDu1rZNaJeFGZoXIqYM7MU1389hLVpWEVE6ZWEfpBczDLU