लुम्बिनी प्रदेश सभाका सभामुखलाई कोरोना संक्रमण




लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सभामुखका स्वकीय सचिव ध्रुव विक्रम वलीले सामाजिक सञ्जालमार्फत् सभामुख घर्तीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

सभामुख घर्तीलाई सामान्य रुघाखोकी लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी एक्सपर्ट मेसिनमार्फत् पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।




सभामुख घर्तीको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनी होम आईसोलेसनमै छन्। यसअघि शुक्रबार नै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

सभामुख घर्ती र आन्तरिक मामिला मन्त्री केसीलाई संक्रमण पुष्टि भएपछि प्रदेश सरकारका भिआइपीहरूलाई पनि संक्रमण हुन सक्ने जोखिम बढेको छ।

https://www.youtube.com/watch?v=8Y_Tu_0JkNA

गत मंगलबार मात्रै प्रदेशको राजधानी र नामाकरणको लागि प्रदेशसभा बैठकमा मुख्यमन्त्री, मन्त्रीहरूसँगै ८३ जना सांसदहरू सहभागी थिए।

राजधानीको घोषणाको लागि भएको बैठकमा सबैजसो सांसदहरू सहभागी रहेको व्यक्तिगत दूरी समेत पालना गरिएको थिएन।

जसको कारण मुख्यमन्त्री शंकर पोखरेललगायत सरकारका मन्त्रीहरू, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरू समेत संक्रमणको जोखिममा छन्।

यस्तै, बुटवलका दुई जना पत्रकारलाई पनि शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका पत्रकार पनि प्रदेशसभा बैठकको रिपोर्टिङको लागि सहभागी थिए।

https://www.youtube.com/watch?v=wvNjxjR2ke8



सम्बन्धित
Loading...